अनेरास्ववियू (क्रान्तिकारी) कोशी प्रदेश अध्यक्षमा चन्द्र माङमु निर्वाचित

नागरिक सूचना
२७ भाद्र २०८१, बिहीबार २०:०१

धरान। अनेरास्ववियू (क्रान्तिकारी) को दोस्रो कोशी प्रदेश अधिवेशन चन्द्रबहादुर माङमुलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ।

अधिवेशनमा माङमु नेतृत्वको ५९ सदस्यीय प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। कार्यसमिति सर्वसम्मतिमा चयन गर्न राति अबेरसम्म चलेको सहमतीय प्रक्रिया सफल भएको निर्वाचन अधिकृत राजेन्द्र किराँतीले जानकारी दिए।

माङमुको अध्यक्षतामा चयन भएको प्रदेश कार्यसमितिमा ११ पदाधिकारी रहेका छन्। पाँच उपाध्यक्षहरूमा पदमप्रसाद खड्का, अम्बिर काजी कुलुङ, विमल कार्की, प्रतिभा साह, र देव बाहिङ चयन भएका छन्। प्रमुख सचिवमा नयन राई चयन भएका छन्। पाँच जना सचिवहरूमा आदेश थापा, हेमराज राई, लक्ष्मी मण्डल, ऋषि राई, र प्रदीप घिमिरे निर्वाचित भएका छन्।

यद्यपि, कोषाध्यक्ष पदमा विवादका कारण तत्काल निर्णय हुन सकेन। कोषाध्यक्ष पद नवनिर्वाचित कोशी प्रदेश समितिको पहिलो बैठकले मनोनीत गर्ने निर्णय भएको माङमुले बताए।

निर्वाचित सदस्यहरूमा रोशन न्यौपाने, विजय मगर, बेन्जामिन थापा, आकृति गुरुङ, सुस्मिता लिम्बु, राहुल कटुवाल, मनोज कार्की, मात्रिका ल्वागुन, सज्नु राई, सागर किराँती, चन्द्र प्रसाद श्रेष्ठ, सचिता शर्मा, विक्रम लिम्बु, अबिर सि यक्सो, सम्झना भट्टराई, सुनिता राई, उमा राई, नवीन पौडेल, एरिका थापा, असिंस सङ्ग्रौला, सागर विष्ट, लक्ष्मण खतिवडा, गौतम मण्डल र सुष्मा भट्टराई रहेका छन्। थप सदस्यहरू समितिले पछि चयन गर्ने बताइएको छ।

निर्वाचन समितिले आज बिहीबार बिहान नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएको छ। निर्वाचन समितिको संयोजक राजेन्द्र किराँती, अधिवक्ता दर्शन राई, राधिका ओझा, रश्मि प्रधान, चेतना श्रेङ र चोत्लुङ सदस्यका रूपमा रहेका थिए।

निर्वाचन समितिले आज बिहीबार नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएको छ ।

फालेलुङ न्युजबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*