प्रेस सेन्टर पाँचथरको अध्यक्षमा युद्ध बहादुर बोहरा निर्वाचित

नागरिक सूचना
२० पुष २०८१, शनिबार २०:५५

प्रेस सेन्टर पाँचथरको अध्यक्षमा युद्ध बहादुर बोहरा निर्वाचित
२०८१ पौष २०, शनिबार

पाँचथर। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पाँचथरको सातौं जिल्ला अधिवेशनबाट युद्ध बहादुर बोहरा सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिबार फिदिमको सगुन होटलमा सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिमा उपाध्यक्ष रोहित आङ्बो र निशा लोवा, सचिव सुबाश राई, सहसचिव जिपी अधिकारी र उत्तर लिम्बू, तथा कोषाध्यक्ष रजनी हाङ्सरुम्बा चयन भएका छन्। सदस्यहरूमा पुरन सुकिता, अशोक लावती, संगिता अधिकारी र इच्छा लिम्बू रहेका छन्।

अधिवेशनले प्रदेश पार्षद सदस्यमा सेसेहाङ लाओती, रामप्रसाद बाँस्कोटा र भीम कुमार चेम्जोङलाई चयन गरेको छ भने केन्द्रीय पार्षद सदस्यमा घनेन्द्र केरुङ र रामचन्द्र तामाङलाई निर्वाचित गरेको छ।

कार्यक्रममा सक्रिय पत्रकार युद्ध बहादुर बोहरा र रजनी हाङ्सरुम्बालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ। यसैगरी, संस्थापक अध्यक्ष सुर्यमान जबेगु, पूर्वअध्यक्षहरू खड्क सुन्दर सम्बाहाम्फे, राजन केडी र घनेन्द्र केरुङलाई पनि दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा पाँचथर सह(इन्चार्ज दिनेश कुमार लावती थिए। विषेश माओवादी केन्द्रका जिल्ला संयोजक विशाल रसाइली, प्रदेश सचिवालय सदस्य शंकर ध्वज नेम्वाङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयबोध लावती, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भीम बाँस्कोटा, प्रेस युनियनका जिल्ला अध्यक्ष खबिन लुइँटेल, प्रेस चौतारीका जिल्ला अध्यक्ष रविन्द्र काफ्ले, समाजवादी प्रेस संगठनका प्रतिनिधि सुरज भण्डारी, पत्रकार लक्ष्मी गौतम, गिरिराज बाँस्कोटा, रमेश थापा र अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*