फालेलुङ वडा न ८ मा माओबादी केन्द्रद्धारा बाडीपहिरो पिडितलाई राहत बितरण

मंसिर १९
गत असोज ९ देखि १२ गतेसम्मको अबिरल बर्षाका कारण घर क्षति भएका ९ घर परिवारहरुलाई राहत बितरण गरेको छ । नेकपा माओबादी केन्द्र फालेलुङ वडा न ८ ले आर्थीक संकलन गरि राहत बितरण गरेको हो । बाडी पहिरोले पिडित भएका मान बहादुर हाङसरुम्बा, नरकुमार केरुङ, आस बहादुर जबेगु ,कमल जबेगु ,सायल जबेगु, टिका हाङ जबेगु, दौलत जबेगु, राज भत खजुम, नरेन्द्र जबेगु लगायतलाई नगद ५ हजार रुपैयाँको दरले बितरण गरेको हो । राहत बितरण कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्क बहादुर नेम्बाङ मिक्सो केन्दीय सदस्य तथा पाँचथर इन्चार्ज सिता थेबे प्रमिला प्रदेश कमिटीका सचिवालय सदस्य टिका नेम्बाङ अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष चन्द्र माङमु जिल्ला समन्वय समितीका सदस्य तथा वडा अध्यक्ष श्रीहाङ केरुङ लगायतको उपस्थितीमा बितरण गरिएको हो ।