क्यान्सर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

नागरिक सूचना
२२ भाद्र २०८१, शनिबार २२:१४

बिभिन्न मुलुकबाट आर्थीक संकलन गरि पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका(७, एकचेप्पा सुभाङकी ६८ वर्षीय इन्द्रमाया केरुङ सुहाङलाई फोक्सोको क्यान्सर उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ। हाल फिदिम बजारमा अस्थायी रूपमा बस्दै आएकी केरुङ विगत एक वर्षदेखि भारतको सिलिगुडीमा उपचाररत छिन्।

उपचारको खर्च व्यवस्थापन गर्न विभिन्न देशहरूबाट संकलित रकम शनिबार फिदिममा अभियानकर्ता नरेन्द्र राज केरुङ, र पत्रकार सुबास राईको उपस्थितिमा हस्तान्तरण गरिएको हो। यो सहयोग अभियानमा दक्षिण कोरियाबाट प्रदिप केरुङको संयोजकत्वमा, इजरायलबाट संगिता आङ्बो, कुवेतबाट मिना केरुङ फुङवानामा, र नेपालबाट नरेन्द्र राज केरुङको पहलमा जम्मा १ लाख ७८ हजार ९ सय २ रुपैयाँ संकलन गरिएको थियो।

आज उक्त रकम बिरामी इन्द्रमाया केरुङ सुहाङ र उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*