अखिल क्रान्तिकारी पाँचथरमा पहिलो महिला अध्यक्ष चित्रकला हाङसरुम्बा

नागरिक सूचना
१० भाद्र २०८१, सोमबार २२:३०

१० भदौ,  पाँचथर । अखिल क्रान्तिकारी जिल्ला कमिटी पाँचथरमा पहिलो महिला अध्यक्षको रुपमा चित्रकला हाङ्सरुम्बा निर्वाचित भएकी छिन ।
सोमबार फिदिम स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्मपन्न १३ औं जिल्ला सम्मेलनबाट हाङ्सरुम्बा अध्यक्षमा निर्वाचित भएकी हुन । समितिको अध्यक्षमा हाङ्सरुम्बासँगै उपाध्यक्षमा मिङ्सोहाङ लोवा, बिमल ताम्लिङ, विमल राई र चन्द्रहाङ लाओती, सचिवमा चन्द्र प्रकाश तुम्बापो, सहसचिवमा सुनिल रिमाल र मदन तुम्बापो, कोषाध्यक्षमा विनुका राई र अन्य सदस्य सहित ३१ सदस्यीय समिती निर्वाचित भएको अखिल ९क्रान्तिकारी० पाँचथरका निवर्तमान अध्यक्ष सन्दिप तुम्रोकले बताए ।
१३ औं जिल्ला सम्मेलनको प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बो मौसमको उपस्थित रहेको थियो । आङ्बोले सम्मेललाई सम्बोधन गर्दै समयमा संघिय शिक्षा ऐन टुङगोमा पुग्न नसक्दा थुप्रै शैक्षिक गुणस्तर सुधारका कामहरु हुननसकेको बताए । विद्यार्थीको आन्दोलन र आवाजहरु अझ सशत्त ढङगले बिद्यमान शैक्षिक समस्याहरुको निराकरणका लागि हुनुपर्ने आङ्बोले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सीता थेबे, पार्टीका प्रदेश सदस्य, अखिल९क्रान्तिकारी०केन्द्रिय पदाधिकारी र प्रदेश पदाधिकारी हरु, पार्टीको संयोजक एंव सदस्यहरु, पालिका कमिटी अध्यक्ष एंव पदाधिकारीहरु, अन्य विभिन्न संगठनका जिल्ला अध्यक्षहरु, पार्टीको जनवर्गीय संगठनका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रम अखिल क्रातिकारी जिल्ला कमिटी पाँचथरका निवर्तमान अध्यक्ष सन्दिप तुम्रोकको अध्यक्षतामा सम्मपन्न भएको थियो ।

सुम्हात्लुङ टाइम्सबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*