फोनिज पाँचथरले २५ औं स्थापना दिवसका दिन आवासीय विद्यार्थीलाई शैक्षिक र खाद्यान्न सामाग्री हस्तान्तरण

नागरिक सूचना
२७ श्रावण २०८१, आईतवार १२:००

पाँचथर ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा पाँचथरले २५ औं रजत जयन्ती तथा स्थापना दिवस मनाएको छ।
आइतबार फिदिम नगरपालिका -२ स्थित ओदिनमा रहेको आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीहरुलाई शैक्षिक र खाद्यान्न सामाग्री १० हजार बराबरको प्रदान गरि स्थापना दिवस मनाएको हो।
ब्याक्तीगत लगानीमा संचालन भैरहेको आवासीयमा १० जना विद्यार्थी रहेको आवासीयका संयोजक गंगा इवा लिम्बूले जानकारी दिनुभयो ।
पछिल्लो समय विभिन्न संघसंस्था र जन्म उत्सवको अवसरमा शैक्षिक र खाद्यान्न सामाग्री सहयोग गर्ने क्रम बढेको संयोजक लिम्बूले बताउँनुभयो।
शैक्षिक र खाद्यान्न सामाग्री हस्तान्तरणमा फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले विद्यार्थीहरुको शैक्षिक सफलताको शुभकामना दिएका थिए । साथै प्रदेश सल्लाहकार बिजयबोध लाओती, विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवि तुम्बापो, आवासीय संयोजक गंगा इवा लिम्बू र फोनिजका जिल्ला अध्यक्ष रामचन्द्र तामाङ र पदाधिकारीहरुको उपस्तिथिमा सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष तामाङले जानकारी दिए।

फालेलुङ न्युजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*