पाँचथरको याङवरक २ सेरेजाका बाडीपहिरो प्रभावितहरुलाई राहत बितरण ।

पाँचथरको याङवरमा बाडीपहिरोमा परि प्रभाबित भएकाहरुलाई आज राहत बितरण गरेको छ । गत असार २ गतेदेखि अबिरल बर्षाका कारण याङवरक २ सेरेजा टोल प्रभाबित भएकाहरुलाई नेपाल कम्युनिष्ट पाटी (माओबादी केन्द्र) याङवरक संगठन समितिको अगुवाइमा राहत संकलन गरि बितरण गरेको नेकपा (माओबादी केन्द) याङवरकका उपाध्यक्ष सुृृर्यमान बेघाले जानकारी दिए । बर्षाका कारण सोही स्थानका ७० घर प्रभाबित भएका छन् । स्थानिय स्तरमा बिधुत उतपादन नै अवरुद्ध भई राष्टिय प्रसारण लाइन जोडान गरिएको छ । बिधुत महसुलमा तिर्नको लागी आज नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज सिता थेबेको उपस्थितिमा ४०,०००। चालिस हजार रुपैया राहत हस्तान्तरण गरेको हो ।